चन्द्रकान्त खनाल, रुपन्देही
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काङ्ग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । काङ्ग्रेसले गर्नुपर्ने केही कुरामा गल्ती भएको बताउँदै उनले काङ्ग्रेसका धेरै कुरामा आमूल परिवर्तन आवश्यक रहेको बताए ।
‘महासमितिमा बैठकमा कुराहरू राखिन्छ’, शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा पूर्वमहामन्त्री समेत रहेका सिटौलाले भने– ‘नेपाली काङ्ग्रेसमा केही विषयमा बहस र विवाद भइरहेको भए पनि यसले पार्टीलाई जीवन्त राखेका छ ।’
कांग्रेसको अरुको भन्दा फरक चरित्र रहेको उल्लेख गर्दै उनले स्वाभिमानी ब्यक्ति मात्र कांग्रेस बनेको, जबर्जस्ती कसैलाई पार्टी प्रवेश नगराइएको बताए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सिधै पास गर्नु कांग्रेसको गल्ती भएको उनले स्वीकार गरे ।
कारको कामबाट सन्तुष्ट हुन नसकिने भन्दै उनले सरकारले बहुमतको दम्भ देखाउन खोजेको आरोप पनि लगाए । बहुमत हुँदैमा तानाशाही बन्न नहुने उनको सुझाव थियो ।
सरकारले गणतन्त्र दिवसको अवसरमा रिहाइ गरेका बालकृष्ण ढुंगेल प्रकरणमा सरकारले सफाई दिन खोजेमा पीडितपक्षको सहमतिबाट मात्र निर्णय लिनुपर्ने बताउँदै उनले सरकारले गल्ती गरेको बताए ।

प्रतिक्रिया