वृद्ध-श्रद्धाञ्जली- वामदेव पण्डित

वृद्ध-श्रद्धाञ्जली- वामदेव पण्डित


धुव्र तारा निभ्यो प्यारो किशुन नामको यहाँ ।।
त्यागी नेता महासन्त पाउन सक्द छौ कहाँ ।।
प्रजातन्त्र महामन्त्री जपेको अपराधमा ।।
नख्खु जेल बसे चौध वर्ष बोकेर काँधमा ।।१।।

भट्टर्राई भनिने कोठा छँदै छ स्मृति त्यो बनी ।।
ज्यूदै रहोस् कोठा त्यो सन्तनेता मरे पनि ।।
ट्याङ्का र सुरही, छाता जेथा भन्नु यही थियो ।।
सन्तनेता गए स्वर्ग आदर्श राष्ट्रको मियो ।।२।।

शवयात्रा थियो ठूलो महामानव सागर ।।
झन्डा फैलाउँथे धेर काङ्ग्रेसी झिकी जाँगर ।।
भू.पू. प्रधानमन्त्रीको सम्मान राज्यले गरी ।।
बाह्रपल्ट चल्यो तोप बिदा भो देश नै भरि ।।३।।

सर्वोच्च, उच्च नेताजी त्यो आर्यघाट पौँचिए ।।
सेनापति पुगे मान, फुकी वबगुलले दिए ।।
ठुँगेर माउले चल्ला, पन्छाए पनि त्यो पर ।।
जाँदैन माउकै साथ, बस्न ऊ हुन्छ तत्पर ।।४।।

नलाग साथमा मेरो, कृष्णले भन्दथे तर ।
गुण सम्झेर काङ्ग्रेसी, श्रद्धा गर्थे निरन्तर ।।
अस्तु धातु सबै ठाउँ पठाउँदै छ प्रेमले ।।
श्रद्धाञ्जली सभा सारा, गर्दै छ अति स्नेहले ।।५।।

सन्तजीको सबै कीर्ति, वृद्ध के लेख्न सक्छ र ।।
श्रद्धाञ्जली दिँदै छु यो सम्झेर परमेश्वर ।।

संवाद कविता- कलाधर काफ्ले
१. लर्को
अहो, कस्को लर्को हो यो ?
सांसदहरूको
कहाँ हिँडेका हुन् तिनी ?
युरोप अमेरिकातिर
किन ?
नेपालको संविधान बनाउन ।

२. पसिना
काले, निधारभरि पसना छ नि †
यही त हो मेरो जिन्दगी
मेरो पनि त त्यही हो नि †
अहँ, धेरै फरक छ
मतलब
अरूको पसिना हो तिम्रो जिन्दगी ।

३. गन्तव्य
कता हिँडिस् सन्ते ?
संविधानसभातिर
किन ?
संविधान बनाउन
वाह † नाङ्गो गोडा हिँड्नेले संविधान बनाउने ?
खै, जुत्ता लगाउनेले बनाउन सकेनौ त ।
बानेश्वर, काठमाडौं