मूल्यवृद्धिविरुद्ध काङ्ग्रेसले संसद् ठप्प पार्ने

मूल्यवृद्धिविरुद्ध काङ्ग्रेसले संसद् ठप्प पार्ने


प्रमुख प्रतिपक्षी दलनेपाली काङ्ग्रेसले सरकारले आज रातिबाट गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने बताएको छ ।

मूल्यवृद्धि फिर्ता नलिए संसद् अवरुद्ध गर्ने काङ्ग्रेसले चेतावनी दिएको छ । केपी ओली नेतृत्वको सरकार गठन भएको तीन महिनामै पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

यसको असर अन्य उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुन पुगेको भन्दै काङ्ग्रेसले मूल्यवृद्धि फिर्ता लिनुपर्ने जनाएको हो । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शुरुमै विशेष समय लिएर बोल्दै काङ्ग्रेस अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात क्षेत्रमा मात्र नभई किसानको अन्य क्षेत्रमा पनि असर गरेको बताए ।

सो अवसरमा ‘मूल्यवृद्धि फिर्ता नभए हामी सदन अवरुद्ध गर्छौँ,’ उनले भने । सभामुख कृष्णबहादुर महराले पनि मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । आजै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।