चुनावअघि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक अभिव्यक्ति दिएका थिए– ‘कम्युनिस्टले चुनाव जिते अधिनायकवाद आउँछ ।’
देउवाको यो भनाइ आफ्नै पार्टीभित्रकैले समेत पत्याएका थिएनन् । विपक्षीले त झन् देउवाको भनाइको खिल्ली नै उडाए ।
तर, अहिले संसद्मा दुईतिहाइ पुऱ्याउने भन्दै केपी ओली र पुष्पकमल दाहाल चुनाव जितेका सबै दलहरू एकीकृत गर्ने अभियानमा जुटेका छन् । झट्ट हेर्दा एकता र सहमतिको उपक्रम जस्तो देखिए पनि यसको अन्तर्य बेग्लै छ । प्रकारान्तरले यो अधिनायकवादको घोर अभ्यास नै हो भनी नबुझ्ने धेरै होलान्, तर जो–जतिले बुझेका छन्, तिनले मुलुकको भविष्यबारे चिन्ता प्रकट गर्न थालिसके ।
संसदमा दुईतिहाइ सिट हुनेबित्तिकै संविधान संशोधनलगायत धेरै विषयमा एकाधिकार हुने गर्छ । यही एकाधिकारलाई नै राजनीतिक भाषामा ‘अधिनायकवाद’ भनिन्छ । भर्खरै एमाले–माओवादी एकीकरण भइसकेपछि अब सङ्घीय समाजवादी फोरमले पनि नवगठित नेपाल कम्युनिस्ट पार्टीसँग एकीकरण गर्ने सङ्केत देखिएको छ । यसका लागि ओली र दाहालले फोरमका ‘शीर्ष नेता’लाई आग्रह गरिसकेका छन् ।
चुनावमा पार्टीलाई पराजित तुल्याउन ‘महत्वपूर्ण’ भूमिका निर्वाह गरेको आरोप खेप्दै आएका काङ्ग्रेस सभापति देउवाको विरोध पार्टीभित्र जारी नै छ र पनि उनी दिनानुदिन बलिया बन्दै गएका उनकै आलोचकहरू समेत स्वीकार गर्दछन् । नेताहरूको नालायकीको उदाहरण दिनुपर्दा देउवाको नाम लिने ‘ट्रेण्ड’ नै चलेको छ । तर, कम्युनिष्ट एकीकरण र अधिनायकवादको खतराको चर्चा चल्दा देउवाले चुनावअघि दिएको अभिव्यक्तिलाई स्मरण गर्नैपर्ने परिस्थिति देखिएको छ ।
फोरमसँग पार्टी एकीकरण गर्ने सङ्केत नेकपाका एक स्थायी समितिका सदस्यले खुलासा गरिसकेका छन् । नेकपाका अध्यक्ष दाहालमार्फत नै स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले फोरमसँग पार्टी एकता गर्न लागेको खुलाएका हुन् ।
नेता पौडेलले आज (आइतबार) बिहान बाग्लुङमा आयोजित कार्यक्रममा फोरमसँग पार्टी एकता गर्न लागेको बताएका छन् । उनले फोरम पनि पार्टी एकता गर्न आउने र छिट्टै एकता गरेर संसदमा दुईतिहाइ सिट भएको एक मात्र पार्टी नेकपा हुने जानकारी गराए । नेता पौडेलले कम्युनिस्ट घटक सबैलाई समेटेर एकता गर्ने क्रममा फोरम पनि एकीकरण गर्न तयार खुलासा गरेका हुन् ।
चुनावमा पार्टीलाई पराजित तुल्याउन ‘महत्वपूर्ण’ भूमिका निर्वाह गरेको आरोप खेप्दै आएका काङ्ग्रेस सभापति देउवाको विरोध पार्टीभित्र जारी नै छ र पनि उनी दिनानुदिन बलिया बन्दै गएका उनकै आलोचकहरू समेत स्वीकार गर्दछन् । नेताहरूको नालायकीको उदाहरण दिनुपर्दा देउवाको नाम लिने ‘ट्रेण्ड’ नै चलेको छ । तर, कम्युनिष्ट एकीकरण र अधिनायकवादको खतराको चर्चा चल्दा देउवाले चुनावअघि दिएको अभिव्यक्तिलाई स्मरण गर्नैपर्ने परिस्थिति देखिएको छ । सँगसँगै यो प्रश्न पनि उब्जिएको छ– देउवाको यो दूरदृष्टि उनकै बुद्धि–विवेकको उपज हो वा कुनै सल्लाहकारको देन ?
प्रतिक्रिया