प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने बताएका छन् । प्रदेश ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
एक वर्षअघि पनि आफूले भोकै कोही मर्न नपर्ने बताएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले अघिल्ला वर्ष अब नेपालमा कोही भोकै मर्दैन भनेको थिएँ । अब म दाबाका साथ भन्छु, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । तर, चुनौती पनि छ ।’
संसदलाई सम्बोधन गर्ने क्रममा ओलीले अबको केही वर्षभित्र पनि कसैले भिख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने बताए ।
तराईमा जाडो महिनामा पहिलाको जस्तो मान्छे मर्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर भएको भन्दै ओलीले जनताप्रति सरकार उत्तरदायी हुने बताए ।
प्रतिक्रिया