– श्रीविक्रम भण्डारी
यही जुन १४ देखि जुलाई १५ सम्म फुटबलको महाकुम्भ विश्वकप फुटबलको आयोजना रसियामा हुँदै छ । निकट भविष्यमै सञ्चालन हुन लागेको उक्त विश्वकपमा विश्वका ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । ३२ राष्ट्रलाई आठ समूहमा विभाजित गरेर खेलाउन लागेको विश्वकपका खेल रसियाका विभिन्न शहरका १२ रंगशालामा हुनेछन् । सफल विश्वकपको आयोजनासँगै इतिहास रच्ने दाउमा रहेको रसियाले आफ्नो भूमिमा कस्तो प्रदर्शन गर्ला त्यो अहिले सर्वाधिक चासोको विषय बनेको छ ।
विश्वकप फुटबलमा तत्कालीन सोभियत सङ्घ र हालको रसियाको प्रदर्शनको चर्चा गर्दा यति सन्तोषजनक देखिँदैन । विश्वकपमा रसियाले अहिलेसम्म प्राप्त गरेको सफलताको विश्लेषण गर्दा सेमिफाइनमै सीमित छ । तर, यो अवधिमा युरोपका अन्य राष्ट्रहरूले भने विश्वकपको उपाधिमाथि कब्जा जमाइसकेका छन् । विश्वकपको उपाधिमाथि कब्जा जमाएका युरोपियन राष्ट्रमा इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, इटली र स्पेनले एकपटक मात्र नभई पटक–पटक विश्वकप उपाधि उचालिसकेका छन् । त्यस्तै, चेकोस्लोभाकिया, नेदरल्यान्ड र हंगेरी विश्वकपको फाइनलमा पुगिसकेका छन् ।
तर, विडम्बना ! युरोप महादेशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्र रसियाले अहिलेसम्म न विश्वकप जितेको छ, न फाइनलमा पुगेको छ । सन् १९६० मा रसियाले युरोपियन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै युरोकपको उपाधि जितेर सबैलाई प्रभावित पारेको थियो । त्यसपछि सन् १९६४, १९७२ र १९८८ मा तीन युरोकपको फाइनलमा प्रवेश गरेको थियो । युरोकपमा जर्मनीपछि सबैभन्दा बढी फाइनलमा पुग्ने रसिया दोस्रो राष्ट्र हो । विश्वकै सर्वश्रेष्ठ टिमको रूपमा उदाएको रसियाले सन् १९६६ को विश्वकपमा सर्वश्रेष्ठ प्रदर्शन गरेको थियो । युरोकप जितेर तहल्का मच्चाएको रसियालाई उक्त विश्वकपको प्रमुख दाबेदारको रूपमा पनि हेरिएको थियो । जस्तो चर्चा त्यसैअनुरूप रुसले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा पनि गरेको थियो । तर, त्यसभन्दा अगाडि बढ्न भने सकेन । यो नै रसियाको अहिलेसम्म विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शन हो ।
सन् १९१७ मा भएको ‘रुसी क्रान्ति’ले गर्दा रुसले ओलम्पिक खेलकुदमा सहभागिता दिएको थिएन । त्यस्तै, सन १९३० मा पहिलोपटक आयोजना भएको विश्वकप फुटबल प्रतियोगितामा पनि रुसले भाग लिएन । रुसले पहिलो मात्र नभई विश्वकपका सातौँ संस्करणसम्म आफ्नो सहभागिता दिएको थिएन । यतिबेला विश्व खेलकुदमा रुस अन्य राष्ट्रभन्दा निकै अगाडि थियो । साँचो अर्थमा भन्नुपर्दा रुस खेलकुदमा नम्बर एक राष्ट्र थियो । तर, तत्कालीन समयमा विश्वयुद्ध चलिरहेकाले रुसले यसलाई आफ्नो आन्तरिक समस्या भन्दै ओलम्पिक र विश्वकप फुटबलबाट आफूलाई टाढा राखेको थियो ।
सन् १९५४ मा लामो समयपछि तत्कालीन यूएसएसआरको नामले चिनिने हालको रसियाले छिमेकी देश फिनल्यान्डमा आयोजना भएको ओेलम्पिक खेलमा सहभागिता जनाएको थियो । उक्त ओलम्पिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको रसियाले त्यसको चार वर्षपछि अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ओलम्पिक खेलमा फुटबलमा गोल्ड मेडल जितेको थियो । त्यतिबेला रसियाले फाइनलमा युगोस्लाभियालाई १–० गोलको अन्तरले पराजित गरेको थियो । उक्त निर्णायक गोल रसियाका २६ वर्षीय लेव यासिनले गरेका थिए । ओलम्पिक खेलमा पाएको यो सफलतापश्चात् रसियाले सन् १९५८ को विश्वकप खेल्ने निर्णय गरेको थियो ।
ओलम्पिक च्याम्पियनको रूपमा विश्वकप १९५८ मा खेलेको रुसले च्याम्पियनको रूपमा प्रभावशाली प्रदर्शन गरे पनि नतिजा भने सन्तोषजनक निस्किएन । लिग चरणका ५ वटा खेलमा रसियाले २ जित, १ ड्र र २ मा हारको सामना गर्नुपरेको थियो । यसको अलावा रसिया क्वार्टरफाइनलमा पुगे पनि सेमिफाइनलको यात्रा तय गर्न भने असफल भएको थियो । उक्त विश्वकपमा रसियाले छैटौँ स्थान प्राप्त गरेको थियो । त्यस्तै, सन् १९६२ को विश्वकपमा पनि रसियाको यात्रा क्वार्टरफाइनलमै गएर टुङ्गिएको थियो । यो विश्वकपमा पनि रसियाले लिग चरणका ४ खेलमा २ जित, १ ड्र र १ मा पराजयको सामना गर्नुपरेको थियो ।
विश्वकपमा रसियाको प्रदर्शनको चर्चा गर्दा सन् १९६६ को विश्वकप अविष्मणीय बनेको छ । उक्त विश्वकपमा रसियाले शानदार प्रदर्शन गर्दै पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेको रसिया सेमिफाइनलमा पश्चिम जर्मनीसँग पराजित भएको थियो । यसरी पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने रसियाको सपना चकनाचुर भएको थियो । सेमिफाइनलमा पश्चिम जर्मनीसँग पराजित भएपछि तेस्रो स्थानका लागि पोेर्चुगलसँग भएको खेलमा पनि रसियाले पराजयको मुख देख्नुपरेको थियो । जब कि लिग चरणमा रुसले उत्तर कोरियालाई ३–०, इटालीलाई १–० र चिलीलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । त्यस्तै, क्वार्टरफाइनलमा त्यसबेलाको सशक्त राष्ट्र हंगेरीलाई २–१ ले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको थियो ।
सन् १९६६ पछिका विश्वकपको चर्चा गर्दा रसियाको प्रदर्शन निराशाजनक रहेको छ । सन् १९७० मा विश्वको प्रमुख दाबेदार मानिए पनि रसिया क्वार्टरफाइनलसम्म मात्र पुग्न सफल भएको थियो । त्यसपछिका दुईवटा विश्वकप (१९७४ र १९७८) रसिया छनोट हुनसमेत असफल भएको थियो । सन् १९८२ मा विश्वकप फुटबलको आयोजना गर्दै रसिया पुनः विश्वकपमा फर्किएको थियो । आफ्नो घरेलु मैदानमा रुसले चमत्कारपूर्ण प्रदर्शन गर्ने विश्वास गरिए पनि प्रदर्शन सोचेअनुरूप भएन । परिणाम रसियाले सातौँ स्थानमा चित्त बुझाउनुपरेको थियो ।
यसपछिका विश्वकपमा रसियाको प्रदर्शन अझै दयनीय रहेको छ । सन् १९८६ मा १०औँ, सन् १९९० मा १७औँ, सन् १९९४ मा १८औँ, सन् १९९८ मा छनोट हुन सकेन, सन् २००२ मा २२औँ, सन् २००६ र २०१० छनोट हुन सकेन र सन् २०१४ मा २४औँ स्थानमा रहेको थियो । सन् २०१८ को विश्वकप फुटबलको प्रतियोगिताको आयोजना पुनः रसियाले गर्दै छ । यसपटक आयोजक राष्ट्रका नाताले रसियाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ । त्यस्तै, रसियाले यो विश्वकपमा ऐतिहासिक प्रदर्शन गर्ने दाबी गरेको छ । विश्वकप फुटबलमा नामअनुसारको प्रदर्शन गर्न नसकेको रसियाले यो विश्वकपमा कस्तो प्रदर्शन गर्ला त्यसको अनुमान र अड्कल काट्नुभन्दा प्रतीक्षा गर्नु नै राम्रो होला ।

३१ जेठ २०७५
(साँझ ८ः४५, रुस र साउदी अरेबिया, पहिलो समूह)
१ असार २०७५
(साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह)
(साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह)
(राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह)
२ असार, २०७५
(साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह)
(साँझ ६ः४५, अर्जेन्टिना र आइसल्यान्ड, चौथो समूह)
(राति ९ः४५, पेरू र डेनमार्क, तेस्रो समूह)
(राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह)
३ असार, २०७५
(साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौँ समूह)
(साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौँ समूह)
(राति ११ः४५, ब्राजिल र स्विटजरल्यान्ड, पाँचौँ समूह)
४ असार, २०७५
(साँझ ५ः४५, स्वीडेन र दक्षिण कोरिया, छैटौँ समूह)
(साँझ ८ः४५, बेल्जियम र पानामा, सातौँ समूह)
(राति ११ः४५, ट्युनिसिया र बेलायत, सातौँ समूह)
५ असार २०७५
(साँझ ५ः४५, कोलम्बिया र जापान, आठौँ समूह)
(साँझ ८ः४५, पोल्यान्ड र सेनेगल, आठौँ समूह)
(राति ११ः४५, रुस र इजिप्ट, पहिलो समूह)
६ असार २०७५
(साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह)
(साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह)
(राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह)
७ असार २०७५
(साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह)
(साँझ ८ः४५, फ्रान्स र पेरू, तेस्रो समूह)
(राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह)
८ असार २०७५
(साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौँ समूह)
(साँझ ८ः४५, नाइजेरिया र आइसल्यान्ड, चौथो समूह)
(राति ११ः४५, सर्बिया र स्विट्जरल्यान्ड, पाँचौँ समूह)
९ असार २०७५
(साँझ ५ः४५, बेल्जियम र ट्युनिसिया, सातौँ समूह)
(साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौँ समूह)
(राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौँ समूह)
१० असार २०७५
(साँझ ५ः४५, बेलायत र पानामा, सातौँ समूह)
(साँझ ८ः४५, जापान र सेनेगल आठौँ समूह)
(राति ११ः४५, पोल्यान्ड र कोलम्बिया, आठौँ समूह)
११ असार २०७५
(साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह)
(साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह)
(राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह)
(राति ११ः४५, इरान र पोर्चुगल, दोस्रो समूह)
१२ असार २०७५
(साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह)
(साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह)
(राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह)
(राति ११ः४५, आइसल्यान्ड र क्रोएसिया, चौथो समूह)
१३ असार २०७५
(साँझ ७ः४५, दक्षिण कोरिया र जर्मनी, छैटौँ समूह)
(साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौँ समूह)
(राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौँ समूह)
(राति ११ः४५, स्विट्जरल्यान्ड र कोस्टारिका, पाँचौँ समूह)
१४ असार २०७५
(साँझ ७ः४५, जापान र पोल्यान्ड, आठौँ समूह)
(साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौँ समूह)
(राति ११ः४५, पानामा र ट्युनिसिया, सातौँ समूह)
(राति ११ः४५, बेलायत र बेल्जियम, सातौँ समूह)
तालिकाअनुसार प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ राष्ट्रहरू प्रि–क्वार्टरफाइनल प्रवेश गर्नेछन् । प्रि–क्वार्टरको खेल असार १६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । प्रि–क्वार्टरबाट ८ वटा देश क्वार्टरफाइनलका लागि छनोट हुनेछन् । क्वार्टरफाइनलको खेल असार २२ र २३ गते हुनेछ । उक्त क्वार्टरफाइनल खेलको नतिजाबाट ४ वटा राष्ट्र सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । ती खेलको नतिजाबाट दुईवटा देश फाइनलका लागि छनोट हुनेछन् । त्यस्तै, अन्य दुई राष्ट्र तेस्रो स्थानका लागि खेल्नेछन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ । असार ३१ गते विश्वकपको फाइनल खेल हुनेछ ।
प्रतिक्रिया