प्रिविश्वकपमा कांस्य विजेता विशालको स्वागत

प्रिविश्वकपमा कांस्य विजेता विशालको स्वागत


हालै चीनको हेनानमा सम्पन्न प्याराग्लाइडिङको प्रिविश्वकपका कांस्य विजेता विशाल थापालाई स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल प्यारा ग्लाइडिङ तथा ह्याङग्लाइडिङका महासचिव शैलेन्द्र रावतलगायतका पदाधिकारीले विशाललाई स्वागत गर्नुका साथै बधाई दिएका थिए ।

स्मरणीय छ, नेपालले प्याराग्लाइडिङमा पहिलोपटक आगामी भदौ २ देखि सञ्चालन हुन गइरहेको एसियाली खेलकुद प्रतियोगिता सहभागिता जनाउँदै छ । नेपालले प्याराग्लाइडिङमा एसियाडमा पदक जित्ने विश्वास गरिएको छ । चीनमा प्राप्त सफलताले पनि एसियाडमा नेपालले पदक जित्ने सम्भावना बढेको छ ।