निन्जा उसु क्वानका कृजो आलेमगरले अन्तरक्वान राष्ट्रिय खुला उसु प्रतियोगिताको पुरुष ताउ सुमा स्वर्ण जितेका छन् । त्यस्तै, पुरुष कुन सुमा बुद्धप्रकाशका प्रदीप तामाङले पहिलो स्थान हात पारे ।
यसैगरी पुरुष थाइची चेनमा मनमैजुका मनीष बुढाथोकी, केन सुमा बुद्धप्रकाशका सनी लामा तथा छियाङ छुमा मनमैजुका दिलीप घलेले स्वर्ण हात पारेका थिए ।
महिला चेन छुमा बुद्धप्रकाशकी मारिया राई, छियाङ छुमा संखुवासभाकी मनीषा ठटाल, थाइची चेनमा स्वस्ती दहित र नान ताउसुमा निन्जाकी सीता थापामगरले स्वर्ण जितेका थिए ।
प्रतिक्रिया