युवा संघ र वाईसीएल एक भएपछि नेतृत्वमा को ?

युवा संघ र वाईसीएल एक भएपछि नेतृत्वमा को ?


पूर्व नेकपा (एमाले)सम्बद्ध युवा संघ नेपाल र पूर्व नेकपा (एकताकेन्द्र)को भातृ संगठन वाईसियल नेपालका इन्चार्जहरुसहितका नेताबीच आज बैठक सम्पन्न भएको छ । एकीकृत भई बन्ने नयाँ संगठनको निम्ति विधान मस्यौदा तथा संगठनको स्वरूप प्रस्तावका लागि समिति निर्माण गर्ने एजेण्डामा वाईसीएल नेपालको केन्द्रीय कार्यालयमा कार्यदलको बैठक सम्पन्न भएको हो ।

सम्बद्ध स्रोतले जनाएअनुसार युवा संघ नेपाल र वाईसियल नेपालका ईन्चार्ज क्रमशः महेन्द्र पाण्डे र मणी थापाको उपस्थितिमा बसेको उक्त एकता कार्यदलको बैठकले यही जेठ ३० र ३१ गते दुवै कमिटीको अलगअलग र संयुक्त बैठक गर्ने निर्णय लिएको छ ।

विशेष सुत्रका अनुसार सांगठनिक गतिविधि तथा सक्रियताका हिसाबले युवा संघको तुलनामा वाईसियल नेपाल निकै चुस्त मानिन्छ । वाईसीएलका अध्यक्ष दीपशिखाको गतिशीलताको पार्टीमा उच्च मूल्यांकन हुँदै आएको छ । ‘यस आधारमा एकतापछिको एकीकृत नयाँ संगठन हाँक्ने जिम्मेवारी दीपशिखाकै काँधमा परेमा अस्वाभाविक मानिने छैन’, सुत्रले बतायो ।