नेपाल टेनिस सङ्घको २०७४ साल जेठ २४ गते बसेको साधारणसभाले सङ्घका कार्यकारी सदस्य पुरुषोत्तम कोइरालालाई बर्खास्त गरेको छ । उक्त कुराको जानकारी नेपाल टेनिस सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सङ्घले सदस्य कोइरालाले सङ्घविरुद्ध बिनाछनोट १८औँ एसियाली खेलकुद प्रतियोगितामा खेलाडी सहभागिता गराएको सम्बन्धमा आधारहीन आरोप लगाई सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित गर्न लगाएको भन्दै कार्यसमितिको सदस्यबाट बर्खास्त गरिएको जनाएको छ । सङ्घले २०७५ जेठ १४ गतेदेखि लागू हुनेगरी सर्वसम्मत निर्णय गर्दै विशेष साधारणसभाबाट कोइरालालाई बर्खास्त गरेको जानकारी गराएको छ ।
त्यस्तै, खेलाडी प्रेरणा कोइरालालाई अहिलेलाई जे–जस्तो गरे पनि यसपटक कुनै कारबाही नगर्ने र आइन्दा यस्तो गलत गतिविधि दोहो¥याएको खण्डमा अनुशासनात्मक कारबाही गर्नेसमेत विशेष साधारणसभाले सर्वसम्मत निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2018/06/Bigyapti.pdf”]
नेपाल टेनिस सङ्घले जारी गरेको प्रेस विज्ञप्ति
प्रतिक्रिया