लालीगुराँस नेसनल एकेडेमीको आयोजनामा चौथो लालीगुराँस अन्तरविद्यालय राष्ट्रिय बास्केटबल प्रतियोगिता जेठ २६ गते शनिबारदेखि हुने भएको छ ।
प्रतियोगिताको जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा ८ गरी २४ टिमको सहभागिता रहने लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । गल्र्समा इलाम र विराटनगरको टिम पनि सहभागी हुने जानकारी गराइएको थियो ।
ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने लालीगुराँसका प्रिन्सिपल लोकबहादुर पुनले बताए । खेलहरू मनमैजुस्थित आयोजककै कोर्टमा हुनेछ ।
प्रतिक्रिया