एपीएफलाई भलिबल उपाधि

एपीएफलाई भलिबल उपाधि


एपीएफ स्कुलले तेस्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत ब्वाइज भलिबलको उपाधि जितेको छ । हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को कोर्टमा भएको फाइनलमा एपीएफले माउन्ट ओलिभ ‘ए’लाई २५–२३, २५–२० र २६–२४ को सोझो सेटमा पराजित गरेको हो ।

ब्वाइज फुटबलमा नेपाल प्रहरी स्कुलले विद्यासागरलाई ४–०, एलए नीलोले सेन्ट जेभियर्स गोदावरीलाई ७–२, एलए रातोले नेपाल डनबस्कोलाई ३–० र ज्ञानोदयले क्रेसेन्टलाई ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

सिनियर ब्वाइज बास्केटबलमा पुष्पसदनले आईडियल मोडेललाई ३२–२७, जेम्सले एभेन्जलाई ५०–२८, रातो बंगलाले एलए ‘बी’ लाई ३५–१६ र एलआरआईले एलए ‘ए’ लाई ३५–१६ ले पराजित गरे । मिनी ब्वाइज बास्केटबलमा पुष्पसदनले सेन्ट जेभियर्स जावलाखेललाई ३२–१३ र एलआरआईलाई ११–३, एलएले वृहस्पति विद्या सदनलाई २०–७ तथा रातो बंगलाले आईडियल मोडेललाई ३४–१४ ले पाखा लगाएका छन् ।