माओवादीद्वारा प्रधानमन्त्री मोदीको हत्या योजनाको खुलासा

माओवादीद्वारा प्रधानमन्त्री मोदीको हत्या योजनाको खुलासा


भारतीय माओवादीद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनाइएको खुलासा भएपछि सो समाचार यतिबेला सर्वत्र चासो र चर्चाको सन्दर्भ बन्न पुगेको छ । भारतका भूतपूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएकै तरिका अपनाएर प्रधानमन्त्री मोदीको हत्या गर्ने योजनाको खुलासा भएपछि यो प्रकरण चर्चामा आएको हो । विद्रोही माओवादीले मोदीमाथि घात गर्र्न लागेको योजनाबारे जानकारी प्राप्त भएलगत्तै प्रधानमन्त्रीको सुरक्षाप्रति सरकार गम्भीर रहेको अभिव्यक्ति भारतीय गृहमन्त्री राजनाथ सिंहले दिएका हुन् ।

भारतीय प्रहरीले गत बिहीबार पुनेबाट माओवादीका पाँच कार्यकर्ता नियन्त्रणमा लिएको थियो । पक्राउ गरिएका ती पाँचमध्ये एक जनाबाट भारतीय कम्युनिष्ट पार्टी (माओवादी)सँग सम्लग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाइएको छ । उनीहरुले प्रधानमन्त्री मोदी र पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई जानकारी दिएको छ ।

गृहमन्त्री सिंहलाई उद्धृत गर्दै पिटीआईले जनाएअनुसार प्रधानमन्त्रीको सुरक्षाका बारेमा सरकार हरदम गम्भीर रहेको भए पनि माओवादीले मोदीको हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि भारत सरकारले थप गम्भीरता रसचेतना अपनाएको छ ।

‘माओवादीहरूले हार्ने लडाईं लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,’ जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा शुक्रबार गृहमनत्री राजनाथले भनेका छन् ।

भारतका एकसय पैंतीस जिल्लामा विद्रोही माओवादीको प्रभाव रहँदै आएको भए पनि अहिले माओवादीको उपस्थिति लगभग ९० जिल्लामा समेटिएको र तीमध्ये पनि उनीहरुको दह्रो शक्ति केवल दश जिल्लामा अनुभूत गििरएको भारतीय सुरक्षा अधिकारीहरुको कथन छ ।

भारतका गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दाबी पनि गरेका छन् ।