किमसँगको वार्ता ‘शान्ति अभियान’ : ट्रम्प

किमसँगको वार्ता ‘शान्ति अभियान’ : ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किमसँगको वार्ता ‘शान्ति अभियान’ रहेको बताए । ट्रम्प र किमबिच आगामी जुन १२ मा सिंगापुरमा पहिलो पटक भेट वार्ता हुँदैछ ।

ट्विटरमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता मिसन अफ पिस अर्थात शान्ती अभियान रहेको बताएका हुन् । उनले यो. वार्तालाई अवसर र शान्ति अभियानको रुपमा लिएका छन् । राष्ट्रपति ट्रम्पले यस्तो अवसरलाई दुबै देशले गुमाउन नहुने बताएका छन् ।

उत्तर कोरियाका नेता किम परमाणु हतियार परित्याग गर्नेमा आशावादी रहेको ह्वाइट हाउसको विश्वास छ । पछिल्लो १८ महिनामा ट्रम्प र किमको सम्बन्ध निकै उतारचढाव भएको थियो ।