ट्रम्पलाई भेट्न पुटिन आतुर

ट्रम्पलाई भेट्न पुटिन आतुर


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग कुनै पनि समयमा आफू भेट्न तयार रहेको बताएका छन् ।

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्न आफू तयार रहेको आइतबार बताएको रुसी सञ्चारमाध्यमले जनाएका हुन् ।

‘जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउँछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,’ चीनमा रहेका रुसी राष्ट्रपति पुटिनले आइतबार पत्रकारमाझ भने ।