कोरियन भाषा परीक्षामा ७५ हजार सामेल

कोरियन भाषा परीक्षामा ७५ हजार सामेल


सन् २०१९ का लागि शनिबार र आइतबार भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ परीक्षार्थीे सहभागी भएका छन् । ८२ हजार २६४ जनाले परीक्षाका लागि आवेदन भरेकामा ७ हजार ३ सय ९८ जना परीक्षामा अनुपस्थित रहेको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

२४७ जना नक्कली परीक्षा दिने र दिन लगाउने विभिन्न परीक्षा केन्द्रबाट पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । शान्तिपूर्ण रूपमा कुनै प्राविधिक समस्याबेगर नै परीक्षा सकिएको भण्डारीले बताए ।

आगामी असार १६ गते परीक्षाफल प्रकाशित गरिने यो सालका लागि काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।

कोरियाले यस वर्ष ७ हजार १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।