पोखरा पुऱ्याइएका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने

पोखरा पुऱ्याइएका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने


सहकारी ठगी तथा सङ्गठित अपराध मामलामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई रवि लामिछानेलाई पोखरा पुऱ्याइएको छ ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान २ः३० बजे पोखरा पुऱ्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

आज (३ कात्तिक) शनिबारको बिदा परेका कारण लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने जनाइएको छ ।