प्रदेशको नामाङ्कन र स्थायी राजधानीको विषय टुङ्ग्याएपछि मात्र अन्य विषयमा छलफल हुनुपर्ने भन्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आइतबार प्रदेश नम्बर चारको संसद् अवरुद्ध गरेको छ ।
काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आइतबारको प्रदेश सभा बैठकमा बोल्दै पहिले पेस भएका विधेयक पहिल्यै टुङ्ग्याउनुपर्ने बताए । यसो नगरिए संसदको गरिमा कायम हुन नसक्ने उनको तर्क उनको थियो ।
प्रदेश नामाङ्कनको विषयलाई संसदमा प्रवेश नगराएसम्म संसद् चल्न नदिने प्रतिपक्षले बताएका छन् । नामाङ्कन समिति र स्थायी राजधानीबारे बनाइएको समितिले जेठ २१ गते आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पेस भए पनि नामबारे संसदमा छलफल भएको छैन ।
प्रतिक्रिया