अहिलेकै ढाँचामा देशको विकास असम्भवः नेता भण्डारी

अहिलेकै ढाँचामा देशको विकास असम्भवः नेता भण्डारी


नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल बनाउनुपर्ने बताएका छन् । राजधानीमा बिहीबार अयोजित एक कार्यक्रममा नेता भण्डारीले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चिनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने भन्दै अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि अहिलेकै ढाँचामा देशको विकास नहुने उनको भनाइ थियो ।

यस्तै, राष्ट्रियसभामा नेकपाबाट संसदीय दलका नेता दीनानाथ शर्माले सांसदलाई प्रशिक्षण नभई भवन निर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।

दातृ निकायले हामीलाई प्रशिक्षणका लागि सहयोग गर्न जरुरी नभएको भन्दै नेता शर्माले स–साना काममा सांसदलाई विदेशमा पठाउन र कार्यक्रममा नबोलाउन समेत आग्रह गरेका गरेका छन् । उनले नेपालको समृद्धिका लागि चीन र भारतबाट सहयोग लिनुपर्नेमा जोड दिए ।

राससका अनुसार एक अर्को फरक प्रसङ्गमा उनले अहिले ती दुई पार्टीबीच एकता भइसकेकाले निर्वाचित भएका सभामुख र उपसभामुख स्वतन्त्र भएकाले राजीनामा दिन नपर्ने बताए ।