आज ४ बजे काङ्ग्रेस बैठक हेटौँडामा बस्दै

आज ४ बजे काङ्ग्रेस बैठक हेटौँडामा बस्दै


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न हेटौँडामा बस्दै छ । भोलि मंगलबारबाट प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा शुरु हुने जिल्ला सभापतिहरूको भेलाका लागि छलफल र तयारीलगायतका विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समितिको बैठक हेटौँडामा बस्न लागेको हो । बैठक अपराह्न चार बजेका लागि बोलाइएको हो ।

भोलिबाट शुरु हुने जिल्ला सभापतिहरूको भेलाले निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा, नयाँ रणनीति तय गर्नेसहितका विषयमा छलफल गर्ने बताइएको छ ।

काङ्ग्रेस जिल्ला सभापतिहरूको सो भेला ७ गतेसम्म चल्ने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक तथा भेलाका लागि केन्द्रीय पदाधिकारी, सदस्य तथा जिल्ला सभापतिहरू हेटौँडा पुग्ने क्रम जारी छ ।