चीन भ्रमणबारे संघीय संसदमा यस्तो आयो प्रधानमन्त्रीको भनाई

चीन भ्रमणबारे संघीय संसदमा यस्तो आयो प्रधानमन्त्रीको भनाई


विनियोजन विधेयकमाथिको छलफलका चलिरहेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखेका छन् । आफ्नो चीनको भ्रमणबारे संसदलाई जानकारी दिन हिजो निर्धारित समय अचानक स्थगित गरिएपछि आजका लागि तोकिएको थियो ।

चीन भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको जनाउनुभएको बताएका छन् भने चिनियाँ प्रधानमन्त्रीले चाहिँ छिट्टै नेपालको भ्रमण गर्ने दावी उनले गरेका छन् ।

छिमेकीसँगको सम्बन्ध सुधार्न, विश्वासको वातावरण निर्माण गर्न र समझदारी सहकार्यको वातावरण तयार गर्न आफ्नो नेतृत्वको सरकारले सफलता प्राप्त गरेको उनको दाबी छ ।

दुवै छिमेकीसँग विश्वासयोग्य, भरपर्दो र पारस्पिारिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न आफूले चाहेको उल्लेख गर्दै उनले विकासका लागि छिमेकीलाई साथ लिने र उनीहरुका प्रगतिबाट लाभान्वीत हुने नीति अवलम्बन गरिने बताए ।

छिमेकी चीन र भारतका सम्वेदनशीलता, उनीहरुका जायज चासो र सरोकारलाई बुझेको भन्दै प्रधानमन्त्रीले नेपाल सरकारको नीति प्रष्ट भएको दाबी गरे ।

छिमेकमा कुनै तनाव नहोस् भन्ने चाहनाअनुसार आफूले दुवैतिर भेटघाट र सम्वाद गरिरहेको खुलासाा गर्दै प्रधानमन्त्रीले ‘राजनीतिक संक्रमण टुङग्याएर सुशासन र विकासमा नेपाल केन्द्रीत भएको बताए । अब त्यो विकासमा एकल प्रयास मात्र पयाृप्त नहुने उनको जिकीर छ । प्रधानमन्त्री ओलीले तीव्र विकासको बाटोमा अगाडि बढाउन बलिया छिमेकीको सहयोग लिएर अघि बढ्ने तर्क गरे ।

आफ्नो भ्रमण सकारात्मक र सफल भएको भन्दै सो अवसरमा भएका १४ बुँदे र नौ बुँदे सहमति भएको दोहोर्याए । चीनमा रहँदा सी जिनपिङ, लिखछ्याङसँग वार्ता भएको, चिनियाँ नेतृत्वले नेपालको राजनीतिक उपलव्धिलाई बधाइ दिँदै नेपाल सरकार नेपालको विकासमा नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरेको, वान वेल्ट वान रोडमा सहमति भएको, ट्रान्स हिमालयनको फ्रेमवर्कमा रेवले, हवाइमार्ग, सञ्चारसम्बन्धी सहमति भएको र सीधा हवाई सेवा सञ्चालनका लागि दुवै पक्ष सहमत भएको पनि प्रधानमन्त्रीले खुलाए ।

हिल्सा पुल, रसुवामा पुल निर्माणमा सहमति, तेल ग्यास अन्वेशषण र पेट्रोलियम पदार्थ भण्डारणका लागि चीनले अध्ययन गरी सहयोग गर्ने जनाएको प्रधानमन्त्रीको भनाई छ । महाबाणिज्यदुतावास स्थापनाका लागि चिनियाँ पक्ष सकारात्मक रहेको र पर्यटन प्रवद्र्धन एवम् विकासका मानवश्रोत विकासका लागि ४ सय तथा छात्रवृतिका लागि पनि चीन सकारात्मक रहेको उनले बताए ।

तस्बिर रासस