राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि जापानी राजदूत मासामिचिसाइगो (आवासीय), नेपालका लागि ट्युनिसियाका राजदूत नेज्मेदिन लखाल (गैरआवासीय), नेपालका लागि डेनमार्कका राजदूत पिटर ताकोसे जेन्सेन (गैरआवासीय) र नेपालका लागि भेनेजुयलाका राजदूत अगस्टो मोन्टियल (गैरआवासीय)ले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । राजदूतहरुलाई काठमाडौँस्थित होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तस्बिर रासस