नेकपाका चार दर्जन नेता-कार्यकर्ता पक्राउ

नेकपाका चार दर्जन नेता-कार्यकर्ता पक्राउ


राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । शनिबार दिउँसो पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका सो पार्टीका सल्लाहकार समितिका संयोजक ‘असारे काका’ इश्वरी दाहाल, पोलिटब्युरो सदस्य पदम राई ‘विकास’ लगायत ४ दर्जन नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको नेकपाले जनाएको छ । नेपालटारस्थित मनमैंजु ग्रामीण आदर्श माविबाट प्रहरीले विना कारण पक्राउ गरेको भन्दै उक्त पार्टीले विरोध र भत्र्सना गरेको छ ।