अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनाग्रस्त

अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनाग्रस्त


ग्राण्डी अस्पतालको छतमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । शनिबार दिउँसो नाइन एनएएलआर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा ग्राण्डी अस्पतालको छतमा दुर्घटनामा परेको हो । अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको थियो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गरेको थियो ।