नारायणगढ-मुग्लिन सडकखण्डको अवस्था अब एसएमएसबाटै

नारायणगढ-मुग्लिन सडकखण्डको अवस्था अब एसएमएसबाटै


तपाईं नारायणगढ–मुग्लिन यात्रामा त हुनुहुन्न ? यदि यस सडकखण्डको यात्रामा हुनुहुन्छ र सडक अवरुद्ध छ भने अवश्य कष्ट भोग्नुपर्नेछ । यस सडकखण्डमा केही अवरोध आए–नआएको जानकारी लिएर मात्र यात्रा गर्दा न तपाईंको यात्रामा अवरोध आउनेछ न त दुःख कष्ठ नै व्यहोर्नुपर्नेछ । तर, यसका लागि यात्रामा निस्कने सोच बनाएपछि एउटा एसएमएसचाहिँ गर्नुपर्नेछ । जसबाट सो सडकखण्डको अवस्थाबारे तपाईंले जानकारी पाउनुहुनेछ ।

महानगरीय ट्राफिक महाशाखाले सडकको अवस्थाबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेपछि यस सडकको अवस्थाबारे मिल्ने भएको हो ।

महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको अवस्थाबारे एसएमएसगर्नेले सूचना प्राप्त गर्नेछन् ।

यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अवरुद्ध भई सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको महाशाखाले बताएको छ ।