जमिन बाँझो राख्नेलाई अतिरिक्त मालपोत

जमिन बाँझो राख्नेलाई अतिरिक्त मालपोत


तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाकाभित्र साउनदेखि कुनै पनि जमिन बाँझो राख्न नपाइने नीति ल्याएको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यका अनुसार वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमिनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न सो नीति ल्याइएको हो ।

‘वर्षमा एक बालीसमेत नलगाई जमिन बाँझो राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइनेछ भने एक वर्षमा लगातार तीन बाली उत्पादन गर्ने कृषकलाई भने करमा छुट दिइनेछ,’ आचार्यले भनिन् ।

उनी भन्छिन्, ‘अब वर्षौंदेखि बाँझो रहेका जग्गा पनि संरक्षण हुने र अनावश्यक रूपमा खेतीयोग्य जमिनमा प्लटिङ गर्नसमेत रोक लाग्नेछ ।’

उक्त उपमहानगरपालिकामा रहेका धेरै खेतीयोग्य जमिन वर्षौंदेखि बाँझै रहेका थिए ।