महँगीको विरोधमा उत्रेका कार्यकर्ता पक्राउ

महँगीको विरोधमा उत्रेका कार्यकर्ता पक्राउ


महँगीको विरोधमा उत्रेका युथ कांग्रेसका कार्यकर्तालाई राजधानीको माइतीघर मण्डलाबाट आज आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थान माइतीघर क्षेत्रमा कांग्रेसले आज प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको थियो । सरकारले जनताको आवाज बन्द गर्न जथाभावी निषेधित क्षेत्र घोषणा गरेकोले युथ कांग्रेसले विरोध जनाएको हो । पक्राउ पर्नेमा युथ कांग्रेसका संयोजक सचिन तिमिल्सिना, अनिल अधिकारी, महेश दुलाल, चेतन बुढाथोकी, राजकुमार गुरुङ, सुनील थापा, अविनाश सिलवाललगायत रहेका छन् । पक्राउ परेकाहरूलाई प्रहरीले अनामनगरस्थित प्रहरी कार्यालयमा राखेको छ ।

स्वतन्त्र युवाहरूको संस्था युथ कांग्रेसमा आबद्ध युवाहरूले सरकारको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले माथेमा आयोगको सिफारिसविपरीत चिकित्सा शिक्षा विधेयकको विरोध, महँगीको विरोधलगायतका माग राखेर नारा लगाएका थिए ।