सिद्धार्थ राजमार्गमा पहिरो, यात्रु अलपत्र

सिद्धार्थ राजमार्गमा पहिरो, यात्रु अलपत्र


अविरल बर्षाका कारण सिद्धार्थ राजमार्गमा पहिरो गएको छ । पहिरो बुटवल–पाल्पा सडक खण्ड अन्तर्गतको माथिल्लो सिद्धबाबा नजिकै खसेको हो । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो गएको हो ।

सडकमा पहिरो गएपछि हजारौं यात्रु र सवारीका साधनहरु अलपत्र अवस्थामा परेका हुन् । गएराति ११ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बर्षा भइरहेकाले रातको समयमा डोजर ल्याएर पहिरो पन्छाउन नसकिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सोमबार बिहानैदेखि डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ । वर्षा भइरहेकाले पहिरो पन्छाउन गाह्रो भइरहेको सडक बिभागका कर्मचारीहरु बताउँछन् ।

गएराति नै अवरुद्ध सडक खुलाउनका लागि पहल गरिएपनि अविरल बर्षाका कारण नसकिएको र अहिले बिहान पहिरो पन्छाउने कार्य भइरहेको बुझिएको छ । पहिरोका कारण यात्रु र सवारीका साधानह आवतजावत गर्न नसकेको प्रहरीले जनाएको छ ।