मोरङमा हात्तीको आक्रमणबाट महतोको मृत्यु

मोरङमा हात्तीको आक्रमणबाट महतोको मृत्यु


मोरङको बेलबारी नगरपालिका–१० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट आज एक मजदुरको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पूर्व–पश्चिम राजमार्गमा मर्मत सम्भार र सरसफाइको काम गर्दै आएका जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको मृत्यु भएको हो ।

राजमार्ग किनारमा टेण्टभित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले महतोलाई आक्रमण गरेको प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिएका छन् । महतोसँगै सुतेका अन्य दुईजनाले भागेर ज्यान जोगाएका थिए भने महतोको चाहिँ घट्नास्थलमै मृत्यु भएको थियो ।