झोले संस्थालाई बजेट नदिइने

झोले संस्थालाई बजेट नदिइने


राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले कमाउने उद्देश्य राखी सञ्चालित झोले संस्थाहरुलाई गाउँपालिकाले बजेट नदिने स्पष्ट पारेका छन् । सयपत्री महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तेरहौताद्धारा सोमबार सप्तरीको वीरेन्द्र बजारमा आयोजित लैङ्गिक तथा घरेलु हिंसासम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महिलाको अधिकार सम्बन्धमा गाउँपालिकामै उत्कृष्ट काम गरेकोमा प्रशंसा गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादवले संस्थाले रोजगारमुखी कार्यक्रमलाई पनि प्रथामीकतामा ल्याउनुपर्नेमा जोड दिए ।

जिल्लाका कतिपय स्थानीय तहमा लक्षित समुह विकास कार्यक्रममा अनियमितत भएको जानकारी दिँदै उनले भने, ुकमाउने मात्र उद्देश्य राखेका संस्थाहरुलाई गाउँपालिले बजेट दिँदैन । महिलालगायतका लक्षित समुदाय विकास कार्यक्रम सम्बन्धित पक्षलाई दिन प्रतिबद्ध छु ।ु

रुपनी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापाले विकास भनेको भौतिक पुर्वाधार मात्र नभएकोले सामाजिक विकास समेत विकासको महत्वपुर्ण पाटो रहेको तर्क गरे ।