मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको मलेसियन अधिकारीहरुले बताएका छन् ।
सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेका ६४ वर्षीय पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको बताइएको छ । भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो ।
उनकै पूर्वअविभावकसमेत रहेका महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रज्जाक सत्ताबाट बाहिरिनु परेको थियो । निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो ।
रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उनकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, उनको सौतातर्फको छोरो रिज अजिज र उनका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो ।
प्रतिक्रिया