ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते


राजविराज । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका—९, रुपनगरमा मंगलबार साँझ ८ बजे ट्रकमा मोटर साइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

कञ्चनरुप नगरपालिका—९, रुपनगरका १७ वर्षीय किसन यादवको घटना स्थलमै मृत्यु भएको र घाइते अर्विन कुमार यादवलाई विराटनगर गोल्डेन अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ३३२५ नम्बरको मालवाहक ट्रकमा सोही दिसाबाट आएको को ९ प ७८५१ नम्रको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएर मोटरसाइकल चालक यादवको घटनास्थलमै र अर्का यादवलाई विराटनगरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।