पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु


कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

स्थानीय कटैनी नदीमा साथीसँग नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करिब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

नदीको पानीको सतह बढेका कारण पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए । मृतक दुवै बालकको शव परीक्षणमा लागि सेती अञ्चल अस्पताल, धनगढी पुऱ्याइएको छ ।
–––