प्रधानमन्त्रीनिवासमा नेकपाको ‘हाइकमान्ड’ बैठक

प्रधानमन्त्रीनिवासमा नेकपाको ‘हाइकमान्ड’ बैठक


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । नेकपाको तेस्रो बैठक बुधबार बिहान नौ बजेदेखि शुरु हुने भनिए पनि १० बजेदेखि मात्र शुरु भएको हो ।

नौ सदस्यीय नेकपा सचिवालयको उक्त बैठकमा प्रधानमन्त्रीको केपी ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विधेयक, नेताहरूको कार्यविभाजन, संसदीय समिति गठनलगायतका विषयमा छलफलका साथै विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्ने बताइएको छ ।

नेकपाले यसअघि भ्रातृ संगठनहरूको एकताका लागि कार्यदल बनाए पनि केन्द्रीय किमिटीबाहेक अन्य कमिटीको एकता अगाडि बढेको छैन ।