मोरङमा बसको ठक्करबाट दुईको मृत्यु

मोरङमा बसको ठक्करबाट दुईको मृत्यु


मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को.१ख ६४३५ नम्बरको बसले विपरीत दिशातर्पm जाँदै गरेको को.२७प ४१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी, इटहरी–१ बस्ने ३८ वर्षीय खगेन्द्र तामाङ र पछाडि सवार भोजपुर, पौवादुम्मा–५ घर भई हाल मोरङ, उर्लाबारी–३ मा बसोबास गर्दै आएका ३३ वर्षीय जयनारायण तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जयनारायणको घटनास्थलमै र चालक खगेन्द्रको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउनेबित्तिकै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।