पानीको बहाव बढेपछि सप्तकोसीमा बालियो रातो बत्ती

पानीको बहाव बढेपछि सप्तकोसीमा बालियो रातो बत्ती


पूर्वी पहाडी जिल्लामा भएको अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह बढेको छ

अहिले सप्तकोसीमा यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्युसेक पुगेको छ । पानीको बहाव बढेका कारण ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन् । दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्युसेक थियो । बिहीबार बिहानबाट कोसीमा पानीको सहत लगातार बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि अहिले सप्तकोसीमा खतराको सूचक रातो बत्ती बालिएको छ ।

ब्यारेजको पूर्व र पश्चिममा दुईवटा रातो झन्डा गाडिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार अहिले सिजनको सबैभन्दा उच्च पानीको बहाव रेकर्ड भएको हो ।

निर्माणताका ६४ वर्ष अघि १२ लाख क्युसेक पानी नियन्त्रण गर्ने क्षमताको कोसी ब्यारेजमा बालुवा भरिएको कारण नदीको सतह माथि आएकाले अहिले ६ लाख क्युसेक भार मात्र बहन गर्ने प्राविधिकहरूको भनाइ छ ।

०६५ मा पूर्वी तटबन्ध भत्काएर कोसी नदी गाउँ पस्दा नेपाल र भारतका हजारौँ मानिस घरबारविहीन भएका थिए ।