गुण्डागर्दी गर्ने चार पक्राउ

गुण्डागर्दी गर्ने चार पक्राउ


महानगरीय प्रहरी परिसर काठमाडौंले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चारजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले होटेल, रेस्टुराँ र डान्सबारमा गई रकम असुल्ने तथा झैझगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

लागूऔषधसहित दुई पक्राउ

यसैगरी, परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.५ख ४१९० नंको यात्रुबाहक बसको जाँचका क्रममा लागूऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका नीराजन पराजुलीलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद जनाएको छ ।