श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या


लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई बिहीबार धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ ।

मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

इन्द्रबहादुरले काठको लट्ठी प्रयोग गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ ।

मृतकको टाउको र शरीरका विभिन्न भागमा घाउचोट र नीलडाम देखिएको जनाइएको छ । राससका अनुसार घटनाबारे थप अनुसन्धानका लागि अभियुक्त चौधरीलाई लम्कीचुहा नगरपालिका प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको तथा शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ ।