राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीनजनाको नाम घोषणा गरेका छन् ।
शुक्रबारको बैठकको प्रारम्भमा तिमिल्सिनाले राष्ट्रिय सभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी गराइपछि उनीहरूको नाम बैठकले स्वीकृत गरेको थियो ।
पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया