कांग्रेसद्वारा संसदको दोस्रो बैठक पनि अवरुद्ध

कांग्रेसद्वारा संसदको दोस्रो बैठक पनि अवरुद्ध


प्रमुख विपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज दोस्रोपटक संसद् अवरुद्ध गरेको छ ।

शुक्रबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावक दिलेन्द्रप्रसाद बडूले डा. केसीको जीवनरक्षाको प्रश्नमा सरकार गम्भीर नभएको भन्दै संसदको कारबाही अघि बढ्न नसक्ने बताएका थिए ।

सभामुख कृष्णबहादुर महराले सदनको ध्यानाकर्षण भएको र अर्को बैठकमा सरकारले जवाफ दिने भन्दै कांग्रेस सांसदलाई बस्न अनुरोध गरे पनि बस्न नमानेपछि असार २५ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।

शुक्रबारको पहिलो बैठक पनि कांग्रेस सांसदले यसै विषयलाई लिएर अवरुद्ध गरेपछि सभामुख महराले संसद् बैठक आधा घन्टाका लागि स्थगित गरेका थिए ।