प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आमरण अनशरत डा. गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै आजको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।
संसद्को बैठक शुरु हुनेबित्तिकै नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले यो माग अर्को बैठकको कार्यसूचीमा आउँछ भन्दै थाामथुम तुल्याउन खोजेका थिए । तर, कांग्रेस सांसदहरुले सभामुख महराको आग्रह सुनेकोनसुन्यै गरे ।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले डा. केसीको जीवनरक्षासम्बन्धी सार्वजनिक महत्व संसदमा दर्ता भएको हुँदा सो प्रस्तावलाई छलफलमा नल्याएसम्म बैठक चल्न नदिने जानकारी गराए । सभामुखको पटक पटकको आग्रहपछि पनि नेपाली कांग्रेसका सांसदहरु उठिरहेपछि बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया