सिरहामा करेन्ट लागेर दुईको मृत्यु

सिरहामा करेन्ट लागेर दुईको मृत्यु


करेन्ट लागेर सिरहाको छुट्टाछुटै स्थानमा आज दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मिर्चैया नगरपालिका–७ का डवलु साहको घर बनाउने रट सोझ्याउँदै गर्दा रडमाथिको बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मिर्चैया नगरपालिका–२ मल्हनियाँ खोरीका ३५ वर्षीय शम्भु मण्डलको मृत्यु भएको छ भने स्थानीय श्याम कापर घाइते भएका छन् । घाइते कापरको मिर्चैयास्थित रेखा नर्सिङ होममा उपचार भइरहेको छ ।

सिरहाकै धनगढी नगरपालिका–६ गणपैत यादवको घरमा काम गर्ने उदयपुरगढी गाउँपालिका–८ का ४० वर्षीय कान्छा भन्ने चन्द्रबहादुर आलेमगरको पनि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पानी तान्ने क्रममा मोटर छुँदा करेन्ट लागेर आलेमगरको घटनास्थलमै मृत्यु भएको हो ।