प्रदेश नं. ४ को नाम गण्डकी प्रदेश राख्ने भनी गरिएको प्रस्तावविरुद्ध तमुवान मगरात सघर्ष समितिले असन्तुष्टि जनाएको छ । आफूहरुको पहिचान नै गुमाइदिने गरी नाम प्रस्ताव गरिएको भन्दै समिति आन्दोलनमा उत्रिएको छ ।
पहिचानसहितको प्रदेशको नामाकरणलगायत माग राख्दै तमुवान मगरात सघर्ष समिति आन्दोलनमा छ भने समितिले गण्डकी प्रदेश भनी नामाकरणको प्रस्ताव हुनुको प्रमुख जिम्मेवार पात्र भन्दै विद्वान डा. जगमान गुरुङ र प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेको छ ।
संघर्ष समितिका संयोजक कर्म तमुले एक विज्ञप्ति जारी गर्दै आदिवासी जनजाति कोटाबाट प्रदेश सभा सदस्य बन्ने अवसर पाएका र प्रदेशसभामा जनजातिका आवाज नउठार्इ दलीय खेलौना बनेका सभा सदस्यलार्इ समेत बहिष्कार गर्ने जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘तमुवान/मगरात प्रदेश नामाकरणसहितको पहिचानको आन्दोलन भैरहदा तमुवान/मगरातको पहिचान मेटाउने गरी अपव्याख्या गर्ने कथित विद्वान डा. जगमान गुरुङ र प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई बहिष्कार गर्ने, पहिचानको आन्दोलनविरुद्ध विष बमन गर्ने जगमान र किरणलाई कुनै कार्यक्रममा नबोलाउने, उनीहरु सहभागी कार्यक्रम बहिष्कार गर्ने निर्णय भएको छ ।’
माग सुनुवाइ नगरी गण्डकी प्रदेश घोषणा गरिए असार २४ गते पोखरा चिप्लेढुङ्गाबाट शवयात्रासहित गण्डकीलार्इ तुलसीघाटमा अन्त्येष्टि गर्ने आन्दोलनकारीले कार्यक्रम तय गरेका छन् । यसपछि पनि माग सुनुवाई नभएप्रदेश नं. ४ अनिश्चितकालीन बन्द गर्ने उदघोष गरिएको छ ।
स्थानीय पार्टी कमिटीहरूको एकता एकीकरण कार्य कार्यदल कार्यदलक प्रदेश नं. ४ कार संयोजक समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जारी गरेको विज्ञप्तिमा ‘गण्डकी प्रदेश नाम राख्ने निश्चित भएको र यस उपलक्ष्यमा दीप प्रज्ज्वलन तथा विजयउत्सव मनाउनुहुन’ भन्दै आग्रह गरिएको सन्दर्भले संघर्ष समिति थप आक्रोशित बनेको बुझिएको छ ।
हेर्नुहोस किरण गुरुङको विज्ञप्ति-

प्रतिक्रिया