एक लाख ३० हजार घुससहित इन्जिनियर खनाल पक्राउ

एक लाख ३० हजार घुससहित इन्जिनियर खनाल पक्राउ


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

पनौती नगरपालिका ११ स्थित बल्थली बृहत् खानेपानी आयोजनाको डिप बोरिङ मेसिन खरिद गर्न इन्जिनियरले सप्लार्यससँग कुरा गरिदिने भन्दै रकम लिएको जनाइएको छ ।

उक्त खानेपानी आयोजनाको लागत ३ करोड ४१ लाख ३५ हजार रुपैयाँ रहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।