मुस्ताङ घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

मुस्ताङ घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त


मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा टिपर दुर्घटनामा परी १९ जना नागरिकले ज्यान गुमाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टीले दुःख व्यक्त गरेको छ ।

पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनिहरुको उपचारका लागि उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

वर्षात्को यस मौसममा सडकयात्राप्रति थप सचेतता अपनाउँदै दुर्घटना न्यूनीकरणमा ध्यान दिन पार्टी सम्बद्ध सबैमा हार्दिक अपिल गरिएको छ ।