सप्तरीमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया

सप्तरीमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया


राजविराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष सुधा देवको अध्यक्षता तथा सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै निमित्त प्रजिअ खड्काले सार्वजनिक सुचना पाउनु नागरिकको मौलिक हक भएकोले कसैलाई सुचनाको हकबाट वञ्चित गर्न नहुने बताए ।

सूचना पाउनु सबै नागरिकको अधिकार रहेकोले सूचना खोजी गरेको खण्डमा सरल र सहज तरिकाबाट प्रदान गर्न उनले सबै सरकारी निकायलाई निर्देशन पनि दिए ।

सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहले सुचनाको हक कुण्ठित गर्नेलाई कानुनबमोजिम कारवाही हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गरे भने सीमा सुरक्षा कार्यालयका प्रमुख खेम थापाले कानुनले दिएको सुचनाको हक नागरिकलाई दिन कुनै कसर नराख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, महासंघ प्रदेश समितिका सचिव रामनारायण विश्वास, सदस्य ललिता साह, नेपाल पत्रकार महासंघका सल्लाहार श्रवणकुमार देव, महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा लगायतले समेत मन्तव्य ब्यक्त गरेका थिए ।