हिजो, आज र भोलि-शिरीष रानाभाट

हिजो, आज र भोलि-शिरीष रानाभाट


हिजो
राष्ट्र थियो, राष्ट्रियता थियो
बल्दथ्यो दिन-रात सद्भावको दियो
राष्ट्रघातीहरूको सत्ता-मोहले
उप्काइफाल्यो एकताको मियो

आज
गल्ली, सडक, गाउँ र नगरमा
बन्धुत्वका बात चल्नुपर्छ
देशको मुहार फेर्न हेर
निकम्मा नेता बदल्नुपर्छ ।

भोलि
द्वन्द्व मेरो छातीमा नचर्केर के भो
तिम्रो छातीभित्र भए पनि झल्किनुपर्छ
देशद्रोहीहरूविरुद्ध कहीँ न कहीँ
विद्रोहको आगो सल्किनुपर्छ ।

पिरतीको फूल-रामेश्वर राउत मातृदास
भित्रभित्रै जलन हुन्छ मुटु कताकता
तिमै्र झझल्कोले एक दिन बौलाउँछु कि म ता

मलाई मात्र हो कि यस्तो तिमीलाई पनि हुन्छ
विन्द्रावनकी न्याउली चरी मेरो मनमा रुन्छ
सपनीको फूलबारीमा सँगसँगै घुम्छौँ
तिमी फुलेर म माहुरी भई सौर्न्दर्यलाई चुम्छौँ

कस्तो मीठो स्वादिलो यो पिरतीको फूल
पिरतीको डोली हुन्छ पिरतीकै पुल
हिमालचुली मुस्कुराउँछ्यौ जान्छु जतातता
भित्रभित्रै जलन हुन्छ मुटु कताकता
त्रि्रै झझल्कोले एक दिन…
रारामा
वशिष्ठधाम, निर्झ दिलचेत, सिन्धुबस्ती

गजल? शिव वियोगी चौलागाईं

जिन्दगीमा धेरै पाएँ एउटै कुरा पाइनँ मैले
आकाशको तारा दिन्छु वाचा कसम खाइनँ मैले

आँसु देख्दा दुखेकै हुँ, मनभित्र लुकेकै हुँ
त्रि्रै रूप यस्तो-उस्तो कहिल्यै गाइनँ मैले

जे छु आफू ठिकै छु भन्ने लागिरह्यो मलाई
एउटा मनको रोजाइ कवै खोस्न चाहिनँ मैले

सपना र यथार्थ फरक-फरक पाटा हुन्
महलमा सजाउँछु भन्दै झुक्याइनँ मैले

लाग्छ कति कुरा नभन्दैमा मीठो लाग्छ
बगैँचाको मन परेको फूल चलाइनँ मैले ।
– हेटौँडा, मकवानपुर