भक्तपुरमा पानीको ट्यांकीमा डुबेर एकको मृत्यु

भक्तपुरमा पानीको ट्यांकीमा डुबेर एकको मृत्यु


सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँबस्ती बस्ने २३ वर्षीय सुभाष चौलागाईंको हिजो पानीको ट्यांकीभित्र डुबेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउन्डपछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले उद्धार गरी मध्यपुर अस्पताल पु¥याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा.५ ख ८२७१ नं को ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोस भएका चौलागाईंको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।

प्रहरीले पदमबहादुर सुनुवार र ट्यांकरचालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । मृतकका काका छत्रबहादुर चौलागाईंले आज प्रहरी वृत्त थिमिमा हत्या भएको भन्दै जाहेरी दिएका छन् ।