राष्ट्रपतिसँग फ्रान्सका राजदूतले गरे बिदाइ भेट

राष्ट्रपतिसँग फ्रान्सका राजदूतले गरे बिदाइ भेट


राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो अढाइवर्षे कार्यकाल पूरा गरी सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि फ्रान्सका राजदूत इभ्स कार्मोनाले आज शुक्रबार राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरे ।

त्यस अवसरमा नेपाल–फ्रान्स सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श भएको थियो ।

भेटमा नेपाल सरकार र यहाँस्थित फ्रान्सेली राजदूतावासका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडासँग राजदूत कार्मोनाले हिजो बिहीबार बिदाइ भेट गरेका थिए ।