राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो संसदीय दलको नेता चयन गरेको छ । लामो समयदेखि अनिर्णीत रहँदै आएको सो मामला टुंग्याउँदै राजपले सर्वसम्मत रुपमा संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको हो । ठाकुर सो पार्टीका अध्यक्ष मण्डलका संयोजक समेत हुन् ।
राजपा संसदीय दलको सिंहदरबारमा आज बसेको बैठकले नेता ठाकुरलाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको सो पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भइरहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया